अपराध सुरक्षा

दरबारमार्गमा सामुहिक बलात्कार : नग्न बनाएर भिडियो खिचेको खुलासा

दरबारमार्गमा सामुहिक बलात्कार : नग्न बनाएर भिडियो खिचेको खुलासा


काठमाडौँ । दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् ।

मेडिकल रिपोर्ट तयार पार्ने क्रममा युवतीले दिएको उक्त बयानलाई बेवास्ता गर्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनालाई गुपचुपमा मिलाउने प्रयास गरेको हो ।

प्रेमी शैलेश कार्कीले खाजा खान भन्दै बोलाएपछि दिउँसो युवती उनलाई भेटन आएकी थिइन् । कुनै होटलमा मस्म र वाइन खाएपछि युवतीलाई निद्रा लागेजस्तो असहज भएको तथ्य रिपोर्टमा उल्लेख छ । युवतीका अनुसार त्यसपछि शैलेशले उनलाई करिब साढे नौ बजेतिर ल्यान्डमार्क होटलमा पुर्‍याएका थिए । केहीबेरमा शैलेशका अन्य साथी कोठामा आएका थिए ।

युवतीले चिकित्सकसामु दिएको बयानअनुसार राति चार युवा मिलेर उनको लुगा फुकालिदिएका थिए । लगत्तै युवती सुरक्षाका लागि कोठाभित्रै भएको बाथरुममा लुक्न गएकी थिइन् । बाथरुमबाट निकालेर शैलेशले ओछ्यानमा यौनसम्पर्क गरेका थिए । त्यस क्रममा एक युवकले आफूलाई पुलिस बताउँदै उनको नग्न भिडियो खिचेका थिए । यौनसम्पर्क गर्न बारम्बार इन्कार गर्दै आएकी युवतीले आफ्नो इच्छाविपरीत गरिए होटलको छतबाट हामफाल्ने चेतावनीसमेत दिएकी थिइन् । तर उनको कुरालाई बेवास्ता गर्दै शैलेश र अन्य युवाले जबरजस्ती बलात्कार गरेको युवतीले बताएकी छन् ।

मानव अधिकार आयोगले छानबिन थाल्यो


राष्ट्रिय मानव अधिकार आयोगले ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटना सम्बन्धमा अनुसन्धान टोली नै गठन गरेर छानबिन सुरु गरेको छ । आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन तथा तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडित न्यायबाट वञ्चित भएको र दोषीमाथि कारबाही हुन नसकेको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको समेत जनाएको छ ।

विज्ञप्ति जारी गर्दै आयोगले सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धाकधम्की र आर्थिक प्रलोभन देखाई मेलमिलापमा टुंग्याउने गरेको पाइएको बताएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ

विशेष