अर्थ बैंकिङ

काठमाडौँ जिल्ला मालपोत कार्यालय डिल्लीबजारले एक अर्ब ६६ करोड राजश्व संकलन गर्याे

काठमाडौँ जिल्ला मालपोत कार्यालय डिल्लीबजारले एक अर्ब ६६ करोड राजश्व संकलन गर्याे

काठमाडौँ । जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ ।

 

गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड २१ लाख २५ हजार राजश्व संकलन भएको थियो । सो कार्यालयले पूँजीगत लाभकर, बाग्मति सुधार शुल्क, सेवा शुल्क तथा रजिष्ट्रेसन (घर जग्गा पास) शुल्क संकलन गर्दै आएको छ ।

 

कार्यालयले काठमाडौँको कलंकी, मनमैजू, चाबहिल तथा साँखुबाट पनि मालपोत उठाउँदै आएको छ । मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशवप्रसाद न्यौपानेले मालपोत उठाउने काम स्थानीय तह अर्थात् सम्बन्धित वडा कार्यालयबाट नै गर्ने अधिकार प्रत्यायोजन भइसकेकाले उक्त काम स्थानीय तहबाट हुने गरेको बताए ।

विशेष