अपराध सुरक्षा

प्रहरी जवान घुससहित रंगेहात पक्राउ

प्रहरी जवान घुससहित रंगेहात पक्राउ


भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेश कुमार थापालाई नगद १८ हजार सहित रंगेहात पक्राउ गरेको छ ।


थापाले एक सेवाग्राहीबाट केही दिनअघि भएको मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ ।
थापाले घुस मागेको सेवाग्राहीले दिएको बिशेष सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई भक्तपुरको राधेराधेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई अनुसन्धानका लागी अख्तियारले नियन्त्रणमा लिएको छ ।

विशेष