अपराध सुरक्षा

१ सय ६९ चरेशसहित पाँच पक्राउ

१ सय ६९ चरेशसहित पाँच पक्राउ


धादिङ । धादिङको गजुरीबाट प्रहरीले १६९ किलो लागुऔषध चरेशसहित पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार राति जाँचको क्रममा ना ३ ख ४३२४ नम्बरको ट्रकबाट ठूलो मात्रामा चरेशसहित तस्करीमा संलग्न पाँचजनालाई पक्राउ गरिएको गजुरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने मध्ये चारजना सहयोगी रहेको र एकजना मूख्य लागुऔषध कारोबारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको छैन ।

ट्रक गजुरीबाट वीरगञ्ज जाँदै थियो । पक्राउ परेकालाई दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

 

विशेष