अर्थ

इन्धनबाट प्रदूषण शुल्क ४ अर्ब ६६ करोड

इन्धनबाट प्रदूषण शुल्क ४ अर्ब ६६ करोड

काठमाडौं । प्रदूषण शुल्क शीर्षकमा इन्धनबाट करिब ४ अर्ब ६६ करोड रुपैयाँ संकलन भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष ०६५-६६ बाट प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ ।

उक्त शीर्षकबाट आयल निगमले हालसम्म उक्त रकम संकलन गरेको हो । निगमले पेट्रोल र डिजेलबाट प्रतिलिटर ५०र५० पैसा उठाउँछ । बिक्री परिमाणबाट शुल्क उठाउने हुँदा उक्त रकम सर्वसाधारणले तिर्न बाध्य छन् । प्रदूषण शुल्कको नाममा उपभोक्ताबाट असुल्ने रकम भने खर्च हुने गरेको छैन ।

निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले आर्थिक ऐनअनुसार उक्त शीर्षकबाट रकम उठाएको बताए । ‘सरकारको निर्णयअनुसार ०६६ बाट रकम संकलन गरेका छौं,’ उनले भने, ‘अर्थले बैंक खाता नम्बर दिएको छ ।

संकलन गरिएको रकम उक्त खातामा जम्मा गरिदिने गरेका छौं ।’ अर्थ मन्त्रालयको खाता नम्बरमा बुझाएपछि बोधार्थ पत्र जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराएको उनले बताए । त्यसपश्चात् खर्च भएरनभएको निगमको दायित्वभित्र नपर्ने जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।

विशेष