चाडै आउदैछ

खगेन्द्र लामिछाने अभिनीत फिल्म ‘डमरुको डण्डीबियो’ को फस्टलुक पोष्टर सार्वजनिक

खगेन्द्र लामिछाने अभिनीत फिल्म ‘डमरुको डण्डीबियो’ को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडौं। खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । चर्चित अभिनेता तथा लेखक लामिछाने अभिनीत फिल्मको पोष्टर सार्वजनिक भएको हो ।

प्रदर्शन मिति घोषणा नगरिएको फिल्मको रिलिज पोष्टरमा खगेन्द्रलाई डण्डीबियो खेल्दै गरेको अवस्थामा चित्रण गरिएको छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई फिल्ममा उतारिएको छ ।

फिल्ममा खगेन्द्रका साथमा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँमा भएको हो ।

विशेष