चाडै आउदैछ

‘नाईं नभन्नु ल–५’ मा पनि अधिकांश स्टार कास्ट दाेहाेरिने

‘नाईं नभन्नु ल–५’ मा पनि अधिकांश स्टार कास्ट दाेहाेरिने

काठमाडौं । चलचित्र ‘नाईं नभन्नु ल–५’ मा पनि अधिकांश स्टार कास्ट दाेहाेरिने भएका छन् । विकास आचार्यले निर्देशन गर्ने चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, राजाराम श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारले अभिनय गर्ने भएका छन् ।

“पुरानासँगै केही नयाँ कलाकारको पनि खोजी गरिरहेको छु,” निर्देशक आचार्यले भने, “बाँकी कलाकार पाएपछि चलचित्र फ्लोरमा जान मात्रै बाँकि रहन्छ ।”
चलचित्रको गीतको काम सकिसकेको भन्दै आचार्यले स्क्रिप्ट पनि तयार भैसकेको बताएका छन् ।

आचार्यका अनुसार चैत १५ बाट छायांकन हुने चलचित्रको ९० प्रतिशत लोकेशन इलाम रहेको छ । १० प्रतिशत चलचित्र काठमाडौंमा छायांकन हुनेछ ।

‘नाईं नभन्नु ल’ नेपाली चलचित्रको इतिहासमा सबैभन्दा लामो सिक्वेल हो । यद्यपी नाम सिक्वेल भए पनि चलचित्रको कथा भने सिक्वेल हुने गरेको छैन ।

विशेष