अर्थ भिडियो व्यापार

नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो)

महानिर्देशक दाहाललाई ‘ड्यास’: गल्ती भए त ठाउँको ठाउँ कारवाही गर्नु

नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो)

काठमाडौं । अटोमोबाइल कम्पनीहरुले बिक्री गर्ने गाडी तथा अन्य सामानमा चर्को मूल्य राख्दै उपभोक्तामाथि चर्को ठगी गर्दैआएको खबर सार्वजनिक भए । राजधानीकै केही ठूला घराना व्यवसायीबाटै उपभोक्तामाथि ठग्ने काम निरन्तर हुँदैआयो ।

 

नेपालआजले यसबारेमा केही वर्षअघि देखि नै खोजमुलक समाचार सम्प्रेषण गर्दैआएको थियो । नेपालआजको निरन्तर खबरदारीपछि आपूर्ति मन्त्रालय अन्तरगत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अटोमोबाइल कम्पनीहरुमाथि अनुगमन सुरु गर्यो ।

 

त्यसअघि नै नेपालआजको खबरदारीकै क्रममा विभागका महानिर्देशक कुमार प्रसाद दाहालले अन्तरवार्तामा बोल्दै अटोमोबाइल कम्पनीहरुले चर्को कालोबजारी गरिरहेको र तिनलाई कारवाही गर्ने चेतावनी दिएका थिए ।

 

सोही अनुसार विभागले अनुगमन सुरु गर्यो । त्यसपछि अन्य मिडियामा पनि अनुगमनको विषय समाचार बन्न थाले । अनुगमनको क्रममा विभागले केही अटोमोबाइल्स कम्पनीहरुमाथि कारवाही प्रक्रिया अघि बढाइसकेको पनि बतायो ।

 

अटोमोबाइल कम्पनीहरुको छाता संगठन नेश्नल एलाईन्स अफ अटो डिलर एड्भाईजर्स (नाडा) ले भने सरकारको अनुगमन शैली प्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति नै निकालेको छ । व्यवसायीलाई निरुत्साहित गरिएको भन्दै नाडाले त्यसको विरोध गरेको छ ।

 

विभागका महानिर्देशक दाहालसँग यसबारे नेपालआजले राय लिएको थियो । उनले भने नाडाको उक्त विज्ञप्तिलाई आफूले सामान्य रुपमा लिएको भन्दै व्यवसायीले लोकतान्त्रिक अधिकार प्रयोग गरेको टिप्पणी दिए ।

 

सरकार र व्यवसायीबीचको तिक्तता रहँदा हामीले नाडाका महासचिव कृष्ण प्रसाद दुलालसँग अन्तरवार्ता गरेका छौँ । महासचिव दुलालले सरकारले व्यवसायीलाई उत्साही गरेर लगानी बढाउनुपर्नेमा झनै हतोत्साही गरिरहेको बताए ।

 

‘हरेक वर्ष १ सय अर्बभन्दा बढी कर तिर्दैआएको व्यवसायलाई यसरी निरुत्साही बनाउने हो भने त्यसको हानी राज्यलाई पनि पर्छ,’ उनले भने, ‘हामीले आफ्नो लागि मात्रै व्यवसाय गरिरहेका छैनौँ । हाम्रो व्यवसायले राज्यलाई पनि नाफा भएको छ त ।’

 

पछिल्लो समय व्यवसायीहरुलाई बदनाम गर्ने उद्धेश्यले नै अनुगमन हुँदैआएको उनको भनाइ छ । ‘हाम्रा हरेक कागजात कर कार्यालयमा सुरक्षित हुन्छ । हाम्रो मात्रै त्यस्तो व्यवसाय हो, जसले समय समयमा आफ्नो हिसावकिताव बुझाउँदै मुल्य समेत सार्वजनिक गरेको हुन्छ,’ उनले भने, ‘यथार्थ नबुझिकनै किनेको र बेचेको मुल्यबाट नाफा देखाएर नाफा बढी भयो भन्न मिल्दैन । हाम्रो खर्च धेरै नै हुन्छ नी । हामी त भन्छौँ सबै खर्च घटाउँदा नाफा ५ प्रतिशत पनि हुँदैन । बरु नाफा पुगेकै छैन ।’

 

सरकारी निकायलाई लक्षित गर्दै उनले अनुगमन जायज भए पनि भ्रम फैलाउन नहुने भन्दै चेतावनी दिएका छन् । यससँगै नेपालआजको नियमित खबरदारीपछि केही दिनअघि मात्रै नागरिक समाजका अगुवाहरुले समेत उपभोक्तामाथि ठगी गर्न नहुने भन्दै व्यवसायीलाई दबाब दिएका छन् ।

 

 र याे पनि,

* कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति

गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

निसान गाडीमा निरन्तर ठगी

* उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

*  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले ९भिडियोसहित०

*  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

*  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

 ‘रेनल्ड’ गाडी र सुजुकी बाईकुमा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख १

रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

(नोटः नेपालआजले केही समययता नियमित रुपमा उपभोक्ता हितको क्षेत्रमा समाचार सम्प्रेषण गर्दैआएको छ । तपाईँको परिवारका सदस्य, छिमेकी वा आफन्तजनमा पनि कुनै कम्पनीले केही सामान बिक्री गर्दा बील नदेखाउने वा अत्याधिक महंगो मुल्य तोकेको पाउनुभयो भने नेपालआजको कार्यालयमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हामी त्यसलाई समाचार बनाएर प्रशारण गर्नेछौँ । जसले गर्दा कालोबजारी गर्ने कम्पनीलाई कानुनी दबाब हुनेछ । सम्पर्कका लागि ९८५११२०८४४/०१४४८२९५१/०१४४८२४७६/०१४४८२४७७ नम्बर ।)

 

विशेष