अपराध सुरक्षा

लागुऔषध सम्बन्धी मुद्दा बढ्दो

लागुऔषध सम्बन्धी मुद्दा बढ्दो

नवलपरासी । नेपालमा कडा खालका लागुऔषध दुव्र्यसनीको संख्या ९१ हजार ५३४ जना रहेको छ । 

 

विशेषगरी पन्ध्रदेखि १९ वर्ष उमेर समूहका युवायुवती लागुऔषध दुव्र्यसनीमा बढी फस्ने गरेका छन् । युवा अवस्थामा साथीको लहलहैमा लागेर धेरैजसो लागुऔषध दुव्र्यसनीको कुलतमा फस्ने गरेको जनाएको छ । 

 

सत्र वर्षको उमेरमा नै झण्डै ५० प्रतिशत लागुपदार्थ प्रयोगकर्ताले पहिलो पटक लागुऔषध प्रयोग गर्ने गरेको तथ्यांक गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको छ । 

 

नवलपरासीमा लागुपदार्थ ओसारपोसारको कार्य दिनप्रति दिन बढ्दै गएको बताइएको छ । पछिल्लो तीन वर्षको तथ्यांकअनुसार लागुऔषध सम्बन्धी मुद्दा क्रमश बढदै गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

 

जिल्लामा आर्थिक वर्ष २०७२–७३ मा १७ वटा लागुऔषधका मुद्दा परेकोमा आव ०७३–७४ मा ३९ वटा र चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३४ वटा मुद्दा परेका छन् । 

 

जिल्लाको त्रिवेणी, महेशपुर, झुलनीपुरलगायतका नाका लागुपदार्थ प्रयोगकर्ता र ओसारपोसारका लागि सहज बन्दै गएको बताइएको छ । 

Drug Trafficking

विशेष