झोलामा अफिस बोकेर ब्ल्याकमेल गर्ने उपभोक्तावादीलाई कारवाही गर्ने मन्त्री यादवको चेतावनी (भिडियो)
आपुर्ति मन्त्रालयको गुनासोः उपभोक्ता अधिकारवादी नै महाठग !
काठमाडौं । कालोबजारी तथा भ्रष्टाचारको विरोध गर्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरुले नै व्यवसायी र मन्त्रालयसँग बार्गेनिङ गर्दैआएको भन्दै मन्त्री मात्रिका यादवले त्यस्तालाई कारवाही गर्न निर्देशन दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ब्रिफिङको क्रममा झोलामा अफिस बोकेर हिँड्ने उपभोक्तावादीले ब्यापारीसँग बाग्रेनिङ गर्ने र कुरा नमिलेपछि विभाग तथा मन्त्रालयमा उजुरी दिने प्रबृत्ति बढेको भन्दै त्यस्तालाई कारवाही गर्न कडाइ गरिएको छ ।
" target="_blank" rel="noopener noreferrer">
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले वास्तविक उपभोक्ताकर्मी पहिचान गर्न सचिव ठाकुरलाई निर्देशन दिइसकेका छन् । आफूमाताहतका कर्मचारी र पत्रकारलाई दिएको ब्रिफिङमा गलत उपभोक्ताकर्मीले राज्यको सुविधा उपभोग गरको भन्दै वास्तविक उपभोक्ताकर्मी पहिचान गर्न निर्देशन दिएका हुन् ।
झोलामा अफिस बोकेर हिँड्ने गरेको मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले ब्रिफिङका क्रममा मन्त्री यादवलाई बताएका थिए । सर्वसाधारण उपभोक्ताको हकहितमा काम गर्न भन्दै छ्यापछ्याप्ती गैरसरकारी संस्था खोल्ने तर आमउपभोक्ताको हकहितका मुद्दा उठाएको नपाइएको उनको गुनासो थियो ।
उपभोक्ताकर्मीबारे सचिव पौडेलले मन्त्रीलाई अवगत गराएपछि मन्त्री यादवले पनि कर्मचारी र पत्रकारलाई त्यस्ता उपभोक्ताकर्मीको पहिचान गरी कारवाही गर्न निर्देशन दिएका छन् ।
सचिव पौडेलका उनका अनुसार उपभोक्ताकर्मीका नाममा केही व्यक्तिले कमाउधन्दा गर्दैआएका छन् । मन्त्री यादवले भने अब त्यस्ता ‘ब्ल्याकमेलर’हरुलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् ।
केही उपभोक्ताकर्मीले फर्जी खर्चका कागजात देखाएर मन्त्रालयबाट रकम उठाउने गरेको पनि पौडेलले बताएका थिए । उनले भने, ‘हामीसँग दिनहँु सम्पर्कमा ८ वटा उपभोक्तावादी संस्थाहरू छन् । बेलाबेला उपभोक्तावादीहरूले कार्यक्रमका नाममा ४ देखि १२ लाख रुपैयाँसम्म मन्त्रालयबाट लिने गरेका छन् ।’
संस्था दर्ता ऐन, २०३४ अनुसार सामान्य प्रक्रिया पूरा गरेर जिल्ला प्रशासन कार्यालयबाट उपभोक्तावादी संस्था दर्ता गर्न पाइने व्यवस्था छ । उपभोक्ताको नभई व्यक्तिगत फाइदा उठाउने मनसाय राखेर यस्ता गैरसरकारी संस्था खोल्ने लहर नै चल्न थालेको मन्त्रालयले जनाएको छ ।
उपभोक्ता हित संरक्षणका नाममा केही उपभोक्ताकर्मीहरू राज्यले दिएको सुविधाको दुरुपयोग समेत गरिरहेको उनले जानकारी दिए ।
र याे पनि,
► मन्त्री यादवको एक्शनः कालोबजारीलाई जेलसम्म हाल्ने तयारी (भिडियो)
► फोर्ड गाडीमा चर्को ठगी, विभागकै निर्देशक दाहालले दिँदैछन् उन्मुक्ति
► मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल व्यवसायीहरुको यस्तो योजना
► एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?
► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत
► गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती
► कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति
► नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो)
► ‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)
► ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !
► उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य
► कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)
► अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)
► कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)
► ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो
► रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी
► कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)
► पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले
► यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत
► यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा
► अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)
► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)
► नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो
► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)
► हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम
► अभिक ज्योतिको व्यापार लुटको जगमा
► समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा
► नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला
► पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले
► गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले
► बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा