एनआइसी एसिया ग्रोथको इकाई बाँडफाँट, सबैले मागे जति पाए
काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्ड १ को ८ करोड ५० लाख इकाई मंगलबार (फागुन २९ गते) बाँडफाँट भएको छ ।सबै आवेदकले माग अनुसार नै इकाई पाएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।
यस फन्डले माघ २ गतेदेखि फागुन १३ गतेसम्म निष्कासन गरेको १० करोड इकाईमध्ये १५% (१ करोड ५० लाख इकाई) कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याएर बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गरेको थियो ।
आवश्यकता अनुसार इकाईहरु बिक्री नभएपछि समय थपिएको थियो । एनआइसी एसिया ग्रोथ फन्ड बन्दमुखी ७ वर्षे योजना हो । एनआइसी एसियाको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो ।