ज्योती बानियाको खुलासा: कालोबजारीका एजेन्टले कर्मचारी बनेर मन्त्रीलाई नै घेर्दैछन् (भिडियो)
कालोबजारीको जालो कर्मचारीभित्रैः ज्योती बानियाले गरिदिए खुलासा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगत आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गर्दैआएको बजार अनुगमन कागजमा मात्रै सिमित रहेको उपभोक्ताकर्मी ज्योती बानियाँले बताएका छन् ।
कुनै समयमा ४५–४६ जना कर्मचारीसमेत रहेको विभागले आफ्नो कार्यक्षेत्र अन्तरगतका कामकारवाहीलाई पूर्णता दिन नसकेकोप्रति उनले दुःख ब्यक्त गरे ।
बजारमा व्यवसायी तथा उद्योगीले कैफियत गरिरहेको अवस्थामा बजारको आपुर्तिको अवस्थालाई नियमन गर्ने निकायले आफ्नो जिम्मवारी पूरा गर्न नसकेकाले बजारको अवस्था गम्भीर रहेको उनको बुझाइ छ ।
पछिल्लो समय बजार अनुगमनबाट जति मुद्दा चल्नु पर्ने थियो, त्यति मुद्दा चल्न नसकेको उनको गुनासो छ । ‘कर्मचारीलाई भत्ता गएको छ । तलब गएको छ । तर आउटपुट अहिले पनि आएको छैन,’ उनले भने ।
सवारी बिक्रेता व्यवसायीले हरेक पटकमा ६ लाखदेखि ४५ लाखसम्म मुनाफा अर्जन गर्ने गरेको भन्दै यस्तो गनुृ कालोबजारी भएको बानियाको तर्क छ ।
भन्सारको मुल्यभन्दा २० प्रतिशत बढी मुनाफा लिन नपाउने भए पनि विभागले गरेको विभिन्न अनुगमनका क्रममा ८३ प्रतिशतसम्म मुनाफा आर्जन गरेको भेटिएकाले त्यस्ता व्यवसायीलाई तत्काल कारवाही र्गुपर्ने उनी बताउँछन् ।
ऐनमा उल्लेख भएअनुसार भन्सारमा उल्लेख गरेको मुल्यबाट २० प्रतिशतभन्दा बढी लियो भने स्वतः कलोबजारी हुन्छ । यस्तो अवस्थामा १५ वर्षसम्म कैदको व्यवस्थाका साथै थुनामा राखेर कारवाही गर्ने व्यवस्थासमेत भएकोमा विभागको अनुगमन र कारवाही प्रक्रिया फितलो रहेको उनको बुझाइ छ ।
बनियाका अनुसार सरकारीपक्षले कानुन कमजोर भएको भन्दै ठगी धन्दा चलाउने ब्यापारीलाई उन्मुक्ति दिँदैआएको छ । तर, ब्यापारीले १५ देखि ३५ लाखमा पाइने सवारीसाधन उपभोक्ताहरुले ५० देखि ६० लाखसम्म किन्न बाध्य पारिएकोले सबैको पहुँचमा सवारीसाधन पुग्न नसकेको बानियाले बताए ।
सरकारी कार्यालयमै छन् ब्यापारीका एजेन्ट
सरकारी कार्यलयमै ब्यापारीका एजेन्टहरु भएको बताउँछन् बानिया । र तिनले नीतिगत रुपमा के–के काम हुँदै छ भन्ने सूचना चुहाउने गरेको बानियाको भनाइ छ । साथै बजार अनुगमन बेठीक भन्ने पनि तिनै एजेन्टहरु भएको ठम्याइ छ बानियाको ।
नेपालमा बजार बजारजस्तै नभएर लुटेर खान पाइन्छ भन्नेले मात्रै बजार चालएको बानियाले बताए । ‘प्रत्येक ब्यापारीले कसरी लुटेर खान पाइन्छ भनेर मात्रै बसिरहेको अवस्था छ । नेपालमा उद्योग छैनन् । बिचैलीयाले मात्रै काम गरेका छन् । यस्तो अवस्थामा दुईले बजार चलिरहेको अवस्था छ । एउटा माफियागिरी र कालोबजारीले बजार चलिरहेको छ । अर्काे त्यस्तो काम गर्ने शक्ति दलाल छन् बढी ।’ बानियाले भने ।
र याे पनि,
► झोलामा अफिस बोकेर ब्ल्याकमेल गर्ने उपभोक्तावादीलाई कारवाही गर्ने मन्त्री यादवको चेतावनी (भिडियो)
► मन्त्री यादवको एक्शनः कालोबजारीलाई जेलसम्म हाल्ने तयारी (भिडियो)
► फोर्ड गाडीमा चर्को ठगी, विभागकै निर्देशक दाहालले दिँदैछन् उन्मुक्ति
► मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल व्यवसायीहरुको यस्तो योजना
► एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?
► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत
► गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती
► कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति
► नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो)
► ‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)
► ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !
► उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य
► कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)
► अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)
► कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)
► ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो
► रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी
► कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)
► पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले
► यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत
► यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा
► अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)
► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)
► नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो
► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)
► हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम
► अभिक ज्योतिको व्यापार लुटको जगमा
► समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा
► नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला
► पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले
► गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले
► बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा
ज्योती बानियाँ भन्सार