बैंकिङ

एनसीसी बैंकमा १ अर्ब ५६ करोड घोटाला, संचालक समिति सदस्यसहित १३ पक्राउ (नामावलीसहित)

एनसीसी बैंकमा १ अर्ब ५६ करोड घोटाला, संचालक समिति सदस्यसहित १३ पक्राउ (नामावलीसहित)

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका सञ्चालक समितिका सदस्यसहित १३ जनालाई पक्राउ परेका छन् । आर्थिक घोटाला गरेको आरोपमा बैंकका संचालक समितिका सदस्य विष्णु धिताल, डिठ्ठाबहादुर तामाङ, दुर्गादत्त जोशीसहित १३ जना अधिकारी पक्राउ परेका हुन् ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो (सीआईबी)को टोलीले बैंकको बैठक बसिरहेकै समयमा छापा मारेको थियो । बैंकको १ अर्ब ५६ करोड रुपैयाँ आर्थिक घोटाला गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

 

पक्राउ पर्नेहरुमा मुख्य गरेर एनसीसी बैंकमा मर्ज भएका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकबाट आएका सञ्चालक तथा कर्मचारीहरु छन् । चारवटा विकास बैंक मर्ज भएर एनसीसी बैंक बनेको थियो। त्यसमा एपेक्स, इन्फ्रस्ट्रक्चर, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंक थिए ।

 

पक्राउ पर्नेहरु

विष्णु प्रसाद धिताल, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्ष

ईच्छा बहादुर गुरुङ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक

सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक

मधुवन लाल श्रेष्ठ, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको संचालक

ऋषी राज भट्ट, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको निमित्त कार्यकारी अधिकृत

दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको वरिष्ठ प्रबन्धक

रामचन्द्र बसौला, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक

बिकास श्रेष्ठ, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक

सागर नेउपाने, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको लोकन्थली शाखा प्रमुख

मान बहादुर राउत, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक

विनित मणि उपाध्याय, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक

मोहन खरेल, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको कर्जा अधिकृत

सुदिप थापा, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैंकको शाखा प्रबन्धक

विशेष