अपराध सुरक्षा

साढे दुर्इ किलाे चरेससहित महिला पक्राउ

साढे दुर्इ किलाे चरेससहित महिला पक्राउ

सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् । 


रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् ।

 

सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी नेतृत्वको टोलीले चरेशसहित ती महिलालाई पक्राउ गरेको बताइएको छ । “डेरामै लुकाएर राखिएका अवस्थामा सो चरेश पक्राउ गरेका हांैँ”, प्रहरी प्रवक्ता पन्थीले बताए । 



अभियुक्त विकलाई हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानपछि उनलाई लागुऔषध कारोबार ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले बताएको छ । 

विशेष