अर्थ कर्पोरेट

एनसेलको कारण मुलुकमा १८ अर्ब घाटा

एनसेलको कारण मुलुकमा १८ अर्ब घाटा

काठमाडौं । एनसेलले लाभांश लैजाँदा मुलुकको घाटा १८ अर्ब पुगेको छ । पुससम्ममा ६ अर्ब ६६ करोड रुपैयाँले शोधानान्तर घाटा रहेको भए पनि माघमा घाटा बढेर १८ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।


विदेशी संस्थाले लाभांश लैजाँदा र व्यापार घाटा बढेकोले मुलुकको घाटा बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशी कम्पनीले ३८ अर्ब ३६ करोड रुपैयाँ लाभांशको रुपमा लगेको छ । एनसेलले नै यति रकम लाभांशको रुपमा लगेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

विशेष