सनराइज बैंककाे काउन्टरबाट १० लाख रूपैयाँ चाेरी
सुनसरीकाे धरानस्थित सनराइज बैंकबाट गएराति १० लाख रूपैयाँ चाेरी भएकाे छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको बैंकको काउन्टरबाट १० लाख चोरिएको बैंकका सहायक मेनेजर दिनेश अधिकारीले जानकारी दिए ।
बिहानमात्र चोरी भएको थाहा पाएपछि बैंकका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
चोरीका विषयमा अहिलेसम्म केही पत्ता नलागेकाे र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै कारोबार यसै बैंकबाट हुँदै आएको थियो ।