अपराध सुरक्षा

घुससहित नायब सुब्बा पक्राउ

घुससहित नायब सुब्बा पक्राउ

लहान । सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल २० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुयोग अनुसनधान आयोगको टोलीले सोमबार लेखापाल जयराम चौधरीलाई डेराबाटै २० हजार घुससहित पक्राउ गरेको हो ।

 

चौधरीले सोही नगरपालिकाका वडा सचिव सरुवा भर्इ रमाना बुझिसकेकाहरूसँग २० हजार घुस लिएको अख्तियारको टोलीले जानकारी दिएको छ ।

 

नायब सुब्बा पदमा कार्यरत लेखापाल चौधरीले कार्यालयको सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत वडा सचिवसँग २० हजार घुस मागेको प्रहरीले बताएको छ ।

चौधरीलाई घुस लिइरहेको अवस्थामा डेराबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।

विशेष