अर्थ व्यापार

अनुगमनमा जाँदा मन्त्रीमाथि व्यापारीको आक्रमण, गाडी तोडफोड, मर्मत खर्च लाग्यो २ लाख

मन्त्रीको गाडी फुटाउने उदण्ड व्यापारीलाई कारवाही गर्लान् त मात्रिका यादवले ?

अनुगमनमा जाँदा मन्त्रीमाथि व्यापारीको आक्रमण, गाडी तोडफोड, मर्मत खर्च लाग्यो २ लाख

घटना १ः दरबारमार्ग

गत भदौ १९ र २१ गते काठमाडौंको दरबारमार्गस्थित ‘ब्राण्डेड सप’हरुमा अनुगमन गर्दा तत्कालिन आपूर्तिमन्त्री शिवकुमार मण्डलसहितको अनुगन टोलीलाई व्यवसायीले अवरोध गरे ।

 

अनुगमनकै क्रममा व्यापारीले कर्मचारीहरुमाथि हातपातको प्रयास गरे । त्यसबेला व्यापारीहरुले सरकारी अनुगमनलाई ‘राज्य आतंक’भन्दै बन्द गर्नुपर्ने नारावाजी गरे ।

 

धेरै व्यवसायीले पसल नै बन्द गरेर अनुगमन टोलीलाई छिर्नै दिएनन् । व्यापारीहरु कर्मचारीमाथि जाइलागेपछि थप सुरक्षा बल प्रयोग गरी ब्राण्डेड भनिएका दरबारमार्गका पसलमा शील गरियो । अनुगमनको क्रममा अत्याधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा शील भएका थिए ।

 

सेलको नाममा ११ गुणाभन्दा बढी मुल्य लिएको फेला परेपछि अनुगमन टोलीले ती स्टोरहरू शील गरेको थियो । १ हजार ७ सय ५४ रुपैयाँमा खरिद गरेको टिसर्ट ३ हजार ७ सय ९० रुपैयाँ बिक्री मूल्य राखिएको थियो । त्यसमा ३० प्रतिशत छुट राखेर २ हजार ६ सय ५० रुपैयाँ बिक्री मुल्य तय गरिएको थियो । त्यस्तै १ हजार ६ सय ४० रुपैयाँ खरिद मूल्य रहेको रिबुकको क्रस फिट फिट जुत्ताको बिक्री मूल्य ७ हजार ६ सय १५ राखेको पाइयो ।

 

व्यवसायीहरु सिलबन्दीको विरोधमा पसल नै बन्द गरेर सडकमा उत्रिन थालेपछि २० दिनपछि सरकारले नै सुटुक्क पसल खुला गरिदियो । आपूर्तिमन्त्री मण्डलकै नेतृत्वमा अनुगमन भयो र त्यसको उपलब्धि केही देखिएन । घटना सामसुम भयो ।

 

घटना २ः टीकापुर

बजार अनुगमनकै क्रममा तत्कालिन आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकसहितको ठोलीमाथि आक्रमण भयो । बिक टीकापुरमा बजार अनुगमन गर्न पुग्दा स्थानीय व्यापारी बजार अनुगमनको विरोध गर्दै बिकमाथि खनिए ।

 

व्यापारीको आक्रमणबाट उनी चढेको गाडीको सिसा नै फुट्यो । उनीहरुले गाडीमा लगाएको झण्डासमेत च्यातचुत पारिदिए । मन्त्रीलाई प्रहरीले हतारहतार सुरक्षित रुपमा होटेल पुर्याए । तर व्यापारीहरु मन्त्री बिकको पछिपछि होटलमै पुगे । व्यापारीहरुले अनुगनको रिस बिक चढेको गाडीमाथि ढंगामुडा गरेर पोखे । गाडी छतविक्षत भयो ।

 

मन्त्री बिकले उपभोक्ता ठगेको भन्दै टीकापुरस्थित बलायर किराना पसल र अमृत गौतम किराना पसलमा शील गर्न तयारी गर्दा बजार तनावग्रस्त बन्यो । प्रहरीले टीकापुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गिरी र महासचिव रामबहादुर भण्डारीलाई नियन्त्रणमा लियो । केहीबेरको केरकारपछि छोडिदियो । उल्टै अनुगमनको विरोधमा कञ्चनपुरका व्यवसायीले बजार बन्दको घोषण गरे ।

 

प्रहरीकै अगाडि राज्यमन्त्रीलाई आक्रमण हुँदा पनि कसैलाई पक्राउ गरेर मुद्दा चलाइएन । र घटना त्यतिकै बिलायो । यतिसम्म कि, व्यापरीको ढुंगामुढाबाट छतविक्षत भएको गाडी मर्मतको दुई लाख खर्च पनि सरकारले नै गर्नुपर्यो ।

 

अनुगमन धेरै कारवाही शुन्य

यी प्रतिनिधि घटनाबाटै थाहा हुन्छ, अनुगमनको अवस्था । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पुस मसान्तरसम्ममा ३ हजार ५ सय ६० फर्ममा अनुगमन गर्यो । यो वर्ष पोलिक्लिनिक, औषधि पसललगायत स्वास्थ्य क्षेत्रका करिब एक सय संस्थामा अनुगमन भए ।

 

पछिल्लो समय अटोमोबाइल, स्कुल र अस्पतालमा विभागले गरेको अनुगमनमा गैरकानुनी ढंगले अत्याधिक नाफा लिने, सेवा शुल्क बढी लिनेलगायत थुप्रै समस्या व्यापारीहरुमै भेटियो ।

 

सरकारले भने दोषी देखिएका व्यापारी तथा उद्योगलाई कारवाही गर्न अझै सकेन । विभागले भने यस्ता घटनाका लागि कानुन कमजोर भएको भन्दै मुद्दा अगाडि बढाउन सकेको छैन ।

 

बजार नियन्त्रण गर्न भन्दै ६ महिनाको अवधीमा सरकारी ढुकुटीबाट ३६ लाख ४२ हजार ९ सय रुपैयाँ खर्च भइसकेको छ । तर उपलब्धि शुन्य छ ।

">

कानुनी प्रवाधान

नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको मौलिक हक सम्बन्धी व्यवस्था छ भने धारा ५४ मा अनुगमन सम्बन्धी व्यवस्था छ । धारा ५१ (घ) को ७ मा ‘कालोबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण जस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने’ उल्लेख छ ।

 

उपभोक्ता संरक्षण ऐन, २०५४ ले उपभोक्ता हित संरक्षण विभागलाई निर्देशित गरेको छ । उक्त ऐनको दफा ८ ‘(ख) उपभोक्ताको हक हितमा प्रतिकुल असर पार्ने किसिमका एकाधिकार तथा अनुचित व्यापारिक कृयाकलापलाई अनुगमन, रोकथाम र नियन्त्रण गर्ने सम्बन्धमा कार्य योजना बनाई उक्त कार्य योजना कार्यान्वयन गर्ने, (ग) देशभित्र खपत हुने उपभोग्य वस्तुको माग र आपूर्ति स्थितिको विश्लेषण तथा समीक्षा गर्ने, (घ) उपभोग्य वस्तुको उत्पादक, बिक्रेता वा वितरकहरुले अवाञ्छित तरिकाले गरेको मूल्य वृद्धिलाई रोक्न आवश्यक व्यवस्था गर्ने,’ उल्लेख छ ।

 

यसबाहेक कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ लागु छ । उक्त ऐनको दफा ३ मा नफाखोरीसम्बन्धी व्यवस्था छ । उक्त दफामा ‘नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’

 

व्यापारीले एकाधिकारपूर्ण व्यापारिक क्रियाकलाप सञ्चालन गर्दैआएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाको भनाइ छ । उनका अनुसार कतिपय फर्मले भ्रमपूण विज्ञापन गरी उपभोक्तालाई ठगिरहेका छन् । पसलमा उपभोक्ताले देख्ने गरी वस्तुको मूल्य सूची राख्ने र लेबल लगाउनु पर्ने कानुनी प्रवाधान भए पनि व्यापारीहरुले त्यसो गरेको देखिँदैन ।

 

अनुगमनमा जाँदा मन्त्रीमाथि नै जाइलाग्ने व्यापारीहरुलाई कारवाही गर्न नयाँ आपूर्ति मन्त्री मात्रिका यादवले कस्तो कदम चाल्नेछन् ? मन्त्री यादवले पदभार ग्रहण गरेको साता दिनमै पत्रकारलाई बोलाएर कानुन उल्लंघन गर्नेहरुलाई कारवाही गरेरै छोड्ने बताएका थिए ।

 

उनले यसो भनिरहँदा अनुगमन नै गर्न नदिएर नारावाजी गर्ने र मन्त्रीको गाडी तोडफोड गर्ने व्यापारीहरु नै फेरि सक्रिय छन् । त्यसो त, मन्त्री यादवलाई सोध्न थालिएको छ कि, ती व्यापारीहरुलाई कारवाही हुन्छ कि हुँदैन ?

 

र याे पनि,

 

 

 

कानुन फेरेरै कालोबजारी गर्ने दाउमा अटोमोबाइल्स व्यवसायीहरु

► कालोबजारीको जालो कर्मचारीभित्रैः ज्योती बानियाले गरिदिए खुलासा (भिडियो) 

 झोलामा अफिस बोकेर ब्ल्याकमेल गर्ने उपभोक्तावादीलाई कारवाही गर्ने मन्त्री यादवको चेतावनी (भिडियो) 

 मन्त्री यादवको एक्शनः कालोबजारीलाई जेलसम्म हाल्ने तयारी (भिडियो)

► फोर्ड गाडीमा चर्को ठगी, विभागकै निर्देशक दाहालले दिँदैछन् उन्मुक्ति

► मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल व्यवसायीहरुको यस्तो योजना

► एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत

 गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

 कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति 

 नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो) 

 ‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

 ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

  निसान गाडीमा निरन्तर ठगी

  उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

  ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

  रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

  पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

►  यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

►  यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित) 

► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

 नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

 हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

 अभिक ज्योतिको व्यापार लुटको जगमा

 समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

 नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

 पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

 गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

 बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा

 

 

विशेष