बैंकिङ

राष्ट्र बैंकले दियाे मनी जेन्जरलार्इ विदेशी मुद्रा सटहीकाे सुविधा

राष्ट्र बैंकले दियाे मनी जेन्जरलार्इ विदेशी मुद्रा सटहीकाे सुविधा

काठमाडौं । मनी चेन्जर कम्पनीहरुले पिओएस मार्फत विदेशी मुद्रा सटही गर्न सक्ने भएका छन् । विदेशी पर्यटकलाई सहज बनाउनका लागि राष्ट्र बैंकले मनी चेन्जरले पिओएस मार्फत विदेशी मुद्रा सटही गर्न सकिने सुविधा दिएको हो ।

यस प्रकारको सुविधा नेपाल आउने विदेशी पर्यटकले मात्र लिनसक्ने राष्ट्र बैंकले भनेको छ । भिजा कार्ड, मास्टर कार्ड, युनियन पे इन्टरनेशनल जस्ता अन्र्तराष्ट्रिय कार्ड मार्फत मात्र यस्तो सटही गर्न पाइने छ ।

कतिसम्म सटही गर्ने भन्ने पिओएस प्राप्त बैंक तथा वित्तिय सँस्था र मनी चेन्जरलाई नै छाडिएको छ । बैंकले कारोबार रकम मनिचेन्जरलाई भुक्तानी गर्दा नेपाली रुपैयाँमा गर्नु पर्नेछ ।

कारोबार गर्दा ग्राहकको राहधानीको प्रतिलिपि र भारतीय नागरिकको हकमा भने आधार कार्ड, मतदाता कार्ड र पार्सपोर्ट मध्य कुनै एकको प्रतिलिपि लिनु पर्नेछ ।

विशेष