बैंकिङ

एनअार्इसीले ल्यायाे अतुलनीय सेवा, सेवासँगै माेबाइल रिचार्ज कार्ड

एनअार्इसीले ल्यायाे अतुलनीय सेवा, सेवासँगै माेबाइल रिचार्ज कार्ड

काठमाडौं । एनआईसी एसिया बैंकले ‘प्रिमियम समुन्नति बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले देशैभरिका कुनै पनि बैंकको एटिम मेसिनबाट जति पटक पैसा निकाल्दा पनि शुल्क नलाग्ने सुविधासहितको बचत खातामा सञ्चालनमा ल्याएको हो ।

 

सो खातामा निःशुल्क भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवा, डिम्याट खाताका साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिएको बैंकले जनाएको छ ।

 

साथै मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिनेछ । त्यस्तै सो खाता खोली मोबाइल बैंकिङ सेवा लिएपछि एनटीसी वा एनसेलको सय बराबरको रिचार्ज कार्डसमेत निशुल्क प्रदान गरिने छ ।

 

एक हजारमा न्यूनतम मौज्दातमा खोल्न सकिने सो खातामा वार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकलाई ५ लाखसम्मको दुर्घटना बिमा सुविधासमेत निःशुल्क प्रदान गरिनेछ ।

 

साथै, यस खातामा निःशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ र ब्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

 

नेपालमा हालसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा ल्याएका विभिन्न बचत खातामा रहेका विशेषताको तुलनामा यो बचता खाता अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरू रहेको बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रिमियम समुन्नति बचत खाता सीमित अवधिसम्म मात्र सञ्चालनमा रहने बैंकले जनाएको छ ।

 

बैंकका मुलुकभर गरी १ सय ८४ शाखा र १ सय ८७ एटिएम संचालनमा छन् । बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५ हजारभन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

 

विशेष