अर्थ शेयर

बैशाखदेखि खिम्ती–२ जलविद्युत आयोजनको निर्माण शुरु

बैशाखदेखि खिम्ती–२ जलविद्युत आयोजनको निर्माण शुरु

काठमाडौं । ४८.८ मेगावाट विद्युत उत्पादन क्षमताको खिम्ती–२ जलविद्युत आयोजनाको निर्माण शुरु हुने भएको छ । आगामी बैशाखदेखि निर्माण शुरु हुने गरी ठेक्का सम्झौता भइसकेको छ ।

 

आयोजनाको प्रवद्र्धक कम्पनी पिपुल्स इनर्जी र चोइकिङ वाटर एण्ड टर्वाइन वक्र्स, चीनले इन्जिनियरिङ परक्युमेन्ट कन्स्ट्रक्सन र फाइनान्स (इपीसीएफ) ढाँचामा आयोजना निर्माण गर्न लागिएको हो ।

 

पिपुल्स इनर्जी र चोइकिङ वाटर एण्ड टर्वान वक्र्सबीच २०७४ फागुन ३० गते भएको ठेक्का सम्झौताअनुसार वैशाखदेखि निमार्ण कार्य सुरु हुने पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण आर्चायले बताए । उक्त आयोजनाको लागत ८ करोड ८० लाख अमेरिकी डलर अर्थात् करिब ९ अर्ब नेपाली रुपैयाँ लाग्ने छ ।

 

‘कम्पनीले ड्याम साइड र पावर हाउससम्म पुग्ने सडक निर्माण गरिसकेको छ, चिनियाँ कम्पनीले काम गर्ने स्थानको साइड क्लियर गरिसकेका छौं,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा आर्चायले भने ।

 

विद्युत आयोजना निर्माणका लागि लाग्ने खर्च चिनियाँ कम्पनीले व्यवर्होने छ भने सडक, पुल, मुआब्जा लगायतको खर्च पिपुल्स इनर्जीले व्यहोर्ने छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७८ असारसम्म बिजुली उत्पादन गर्नका लागि पीपीए (विद्युत खरिद विक्री सम्झौता) भइसकेको छ ।

 

विशेष