अपराध सुरक्षा

अनाैठाे धन्दाले नेटवर्किङकाे नाममा ठग्दै अाएका दुर्इ विदेशी पक्राउ

अनाैठाे धन्दाले नेटवर्किङकाे नाममा ठग्दै अाएका दुर्इ विदेशी पक्राउ

६ महिनादेखि नेपालमा अनलाइन मार्केटिङको नाममा ठगी गरेको आरोपमा दुई जना विदेशी नागरिक पक्राउ परेका छन्। बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेस शर्मालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

 

फोरेक्स इन्टरनेसनल अनलाइन मनि मार्केटका नाममा उनीहरुले पैसा उठाएर ठगी गरेका थिए।

 

ग्यारेन्टी नाफा हुने भन्दै पैसा लगाउन लाउने र पछि पैसा फिर्ता नदिएको खुलेपछि उनीहरु पक्राउ परेका हुन्।

 

उनीहरूले ६० प्रतिशतसम्म नाफा हुने भनेर लगानी गर्न लगाउने गरेका तर कारोबारको कुनै प्रमाण राख्दैन भने राखेका थिएनन् । नेपालमा उनीहरुले प्रतिबन्धित नेटवर्किङ धन्दा चलाएको अाराेपमा उनीहरूलार्इ पक्राउ गरिएकाे डीएसपी मोहन थापाले बताए।

विशेष