भोका नाङ्गा हजारौंले अन्न बस्त्र भेट्टाएझैं (गजल)
धातामणि पाेखरेल
कालो बादल फाटेपछि निलो आकाश देखिएझैं,
रातको प्रहर सकिएर बिहानी घाम झुल्किएझैं,
माया प्रेमका फरक फरक भूमिका र आयामहरु,
हुँदो रैछ अनमोल मणि माणिक्य र रत्नादीझैं,
हिमपात सकिएपछि खुलेको त्यो हिमालझैं,
सिक्रिएको बोट वृक्ष पालुवा पलाई भरिएझैं,
जस्को जे मा समर्पण र आशक्ति छ त्यही कुरा,
मेरो लागि सर्वस्व हो बुझ्छ त्यस्लाई अमृतझैं,
त्यो बारुदको युद्धभूमि शान्ति आई रोकिएझैं,
भोका नाङ्गा हजारौंले अन्न बस्त्र भेट्टाएझैं,
यो मायाको सम्बन्ध नि जेलिएको फन्के डोरी,
चुडाल्नलाई सहज हुन्न त्यो फलामे सिक्रिकोझैं,