अपराध सुरक्षा

गणेश लामालाई १० दिन हिरासतमा राख्न जिप्रकाको स्वीकृति

गणेश लामालाई १० दिन हिरासतमा राख्न जिप्रकाको स्वीकृति

काठमाडौं । कांग्रेस नेता तथा गुण्डा नाइके गणेश लामाको १० दिन म्याद थप भएको छ । प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन म्याद थप गरेको हो ।

 

काठमाडौंको गौशालाबाट चैत्र ३ गते लामालाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो । प्रहरीले लामालाई गौशालाको पशुपति भिजन होटेलबाट एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको बताउँदै आएको छ ।

 

तर, लामाले भने प्रहरीले जफत गरेको हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

 

जिल्ला प्रशासनकै स्वीकृतिमा लामा १० दिन यता हिरासतमै छन् । हातहतियार तथा खरखजनामा लामामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

विशेष