अर्थ

सुनको मूल्य साँढे चार वर्ष यताकै सबैभन्दा महङ्गो

सुनको मूल्य साँढे चार वर्ष यताकै सबैभन्दा महङ्गो

काठमाडाैं । सोमवार सुनको मूल्य साँढे चार वर्ष यताकै सबैभन्दा महङ्गो भएको छ । सोमवार बजारमा छापावाला सुन प्रतितोला रू ५८ हजार ५ सयमा कारोबार भइरहेको छ ।

 

एक हप्ता अगाडिको तुलनामा सोमवार सुनको मूल्य रू १ हजार ३ सयले बढेको छ । महासङ्घका अनुसार गत सोमवार सुनको मूल्य रू ५७ हजार २ सय रहेको थियो ।

 

महासङ्घका अनुसार आइतवार र सोमवार भने मूल्यदर स्थिर छ । यो साँढे चार वर्ष यताकै सबैभन्दा महङ्गो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको हो ।

 

यस्तै सोमवार बजारमा चाँदी प्रतितोला ७ सय ४५ मा कारोबार भइरहेको छ । गत बुधवार प्रतितोला ७ सय ३५ रहेको चाँदीको मूल्य बिहीवार ७ सय ४५ रुपैयाँ पुगेको थियो । त्यस दिनदेखि चाँदीको मूल्य स्थिर छ ।

 

यसअघि बिस २०७०, भदौमा सुनको मूल्य प्रतितोला ६३ हजार ३ सयसम्म पुगेको थियो । यस्तै २०७२, माघमा सुनको मूल्य प्रतितोला रू ५५ हजार ५ सयमा कारोबार भएको थियो ।

विशेष