डेरामा राखेर अारक्षणकाे नाममा वेश्यावृत्ति
कलंकीकाे एक घरमा प्रहरीले छापा हानी चार जनालाई पक्राउ गरेको छ। कोठी चलाएको अाशंकामा कलंकी ढुंगेअड्डास्थित एक घरमा अनुसन्धानका क्रममा भीमराज मिश्रसहित चार जनालाई प्रहरीले पक्राउ गर्न सफल भएकाे हाे ।
महानगरीय प्रहरी प्रभाग बलम्बुले छापा हानी उनीहरुलाई काेठाबाटै पक्राउ गरेको हो। भीमराज मिश्र र उषा मल्लले दुई युवतीलाई डेरामा राखेर वेश्यावृत्तिमा लगाउने गरेका प्रहरीले जनाएकाे छ । पक्राउ परेका उप-महानगरीय प्रहरी वृत्त थानकोटले कारबाही अघि बढाएको इन्सपेक्टर शर्मिला गुरुङले बताइन्।