अपराध सुरक्षा

अमेरिका लैजाने भन्दै ठगेकेा अाराेपमा पक्राउ

अमेरिका लैजाने भन्दै ठगेकेा अाराेपमा पक्राउ

एनजीओमार्फत अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले वेमेन्स् ड्रिम्स् मल्टि सर्भिसकी सञ्चालक सुधा बस्नेतलाई पक्राउ गरेको हो। 

 

उनले विभिन्न व्यक्तिहरुलाई आफ्नो संस्थामार्फत अमेरिका लैजाने भन्दै पैसा लिएकी थिइन्। तर, अमेरिका पठाउन नसकेपछि पीडितहरुले पैसा फिर्ता मागेका थिए।

 

उनले चेक दिएकी थिइन्। चेक नसाटिएपछि पीडितहरुले प्रहरीमा उजुरी गरेर उनलाई पक्राउ गराएका हुन्। महाराजगञ्ज वृत्तले बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाएको हो। 

 

समाजसेवी छवि भएकी उनले त्यसकै आवरण ठगी गरेको प्रहरीले जनाएको छ।

विशेष