अपराध सुरक्षा

कतारमा समातिएका माेस्ट वान्टेड 'सिरियल किलर' सकिललार्इ नेपाल ल्याइयाे, आजै अदालतमा पेश गर्ने तयारी

कतारमा समातिएका माेस्ट वान्टेड 'सिरियल किलर' सकिललार्इ नेपाल ल्याइयाे, आजै अदालतमा पेश गर्ने तयारी

काठमाडौं । सात व्यक्तिकाे हत्यामा संलग्न सिरियल किलर सकिल हुसेन मियाँलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ । सकिल ०६४ सालदेखि फरार थिए ।


उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को कतार शाखाले पक्राउ गरेेका थियाे । कतार शाखाले इन्टरपोल नेपालको जिम्मा लगाएसँगै आइतबार उनलाई नेपाल ल्याइएको हाे । हुसेनलाई आजै अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

 

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सकिल टिकुलिया–७, सप्तरीका हुन् । उनले आफ्नै ससुरा र सासुको समेत हत्या गरेका थिए ।

विशेष