एक क्विन्टल गाँजा बरामद
चितवन । जिल्ला वन कार्यालयको सहयोगमा प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गएराति राप्ती नगरपालिका– ११ आँपपानीबाट करिब एक क्विन्टल गाँजा बरामद गरिएको हो ।
सामुदायिक वनमा काठ चोरी हुने गरेको सूचनाको आधारमा निगरानीका लागि गएको जिल्ला वन अधिकृत केदारनाथ पौडेल, सशस्त्र वन रक्षक र शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यसहितको टोलीले गाँजा फेला पारेका हुन् ।
डिजिटारबाट भण्डारातर्फ आउँदै गरेको ना१ह ९१०० नंको अटोलाई चेक गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको उनले बताए । टोलीलाई देख्नासाथ अटोमा रहेका दुईजना भागेको र अन्य दुईजनालाई नियन्त्रणमा लिएर वनको टोलीले प्रहरीलाई बुझाएको थियो ।
पक्राउ पर्नेमा राप्ती नगरपालिका– ४ का २५ वर्षीय राजन तामाङ र ३७ वर्षीय कुमार तामाङ रहेका छन् । दुवैजनालाई लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने ढकालले बताए ।
weed