प्रदेश ३

भरतपुर महानगरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण

भरतपुर महानगरका वडाध्यक्ष भण्डारीमाथि आक्रमण

चितवन । भरतपुर महानगरपालिका १० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नारायणगढको शहिदचोकमा आक्रमण भएको छ ।

 

उनी आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा तेल भरेर चढ्न लागेका बेला पछाडिबाट आएको एक समुहले आक्रमण गरेको हो ।

 

भण्डारीलाई आक्रमणकारीले पछाडिबाट ढुंगाले हिर्काएर मोविलसमेत छर्किएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

 


भण्डारीको अवस्था सामान्य रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भण्डारीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन । उनीहरुको खोजी कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

आक्रमण भरतपुर महानगर वडाध्यक्ष

विशेष