अपराध सुरक्षा

भारतबाट पाँच नेपाली चेलीको उद्धार

भारतबाट पाँच नेपाली चेलीको उद्धार

नेपालगन्ज  । भारत आगरा शहरको काश्मिरी बजारस्थित कोठीबाट पाँच नेपाली चेलीको उद्धार गरिएको छ । 


माइती नेपाल क्षेत्रीय कार्यालयका संयोजक केशव कोइरालाको नेतृत्वमा नेपालगन्जबाट गएको टोलीले भारतीय प्रहरीको सहयोगमा सो कोठीमा छापा मारी १७ देखि २२ वर्ष उमेर समूहका पाँच नेपाली र चार भारतीय युवतीको उद्धार गरिएको हो । 


उद्धार गरिएका नेपाली र भारतीय चेलीलाई अहिले आगराकै नारी निकेतन संस्थामा राखिएको छ ।
 

“अहिले मुद्दा प्रक्रिया शुरु भएकाले उद्धार गरिएका चेलीलाई नेपाल ल्याउन नसकिएको हो”–क्षेत्रीय संयोजक कोइरालाले आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भने । 


कोठीबाट उद्धार गरिएका नेपाली सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र धादिङ जिल्लाको भएको बताइएको छ । 

भारत चेलीको उद्धार केशव कोइराला

विशेष