अपराध सुरक्षा

आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक सुरू, नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्रकाे सम्भावना बलियाे

आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक सुरू, नेपाल प्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्रकाे सम्भावना बलियाे

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक को बनाउने भन्ने विषयमा निर्णय गर्न मंगलबार साँझ साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। 

 

केही समयअघि महानिरीक्षक को बनाउने भन्ने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

 

छलफलपछि बैठक बोलाइएको प्रधानमन्त्री ओलीका सहयोगी चेतन अधिकारीले जानकारी दिए। मंगलवार बिहान बसेको बैठकले महानिरीक्षकको बिषयमा टुङ्गो लगाउन नसकेपछि पुन बैठक बोलाइएको हो। 

 

३० वर्षे सेवा अवधिका कारण बुधवार मध्य रातिदेखि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अवकाश पाउँदै छन्। 

 

अार्इजीपी काे हुने ?

सरकारले आज नेपाल प्रहरी र सशस्त्र प्रहरीको आईजीपी नियुक्त गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

 

बैठकले नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई आईजीपीमा नियुक्त गर्ने सम्भावना छ । दुबै संगठनका आईजीपीले बुधबार रातिदेखि अनिवार्य अवकाश पाउने भएकाले अवकाशको अघिल्लो दिन सरकारले नयाँ आईजीपी नियुक्त गर्न लागेका हो ।

 

सर्वेन्द्र खनाल डीआईजीमा वरिष्ठतामा एक नम्बरमा छन् । यसैगरी सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल वरिष्ठतामा एक नम्बरका एआईजी हुन् । अरु भन्दा १० महिना १९ दिन अगाडि एआईजी बनेका उनी सशस्त्रका एक्ला दाबेदार हुन् ।

 

यद्यपी, एआईजी पुष्पराम केसी पनि आईजीपी बन्न ज्यान छाडेर लागेका छन् । मन्त्रिपरिषद बैठक बसिरहँदा सशस्त्र मुख्यालयमा भने केसी आईजीपी बन्ने हल्ला चलाइएको छ । आईजीपी सिंहबहादुर श्रेष्ठलाई भने बुधबार बिदाइ गर्ने कार्यक्रम तय भइसकेको छ ।

आईजीपी नियुक्ति सशस्त्र

विशेष