अपराध सुरक्षा

खाद्यान्नमा मिसावट गर्नेलाई पाँच वर्ष जेल

खाद्यान्नमा मिसावट गर्नेलाई पाँच वर्ष जेल

काठमाडौं । कम गुणस्तरको खाद्य वस्तु उत्पादन र बिक्री गर्ने उद्योगी तथा व्यवसायीलाई गर्ने कारबाहीको दायरा बढाइएको छ । 

 

खाद्य ऐन, ०२३ को दण्ड र सजायको महल संशोधन गर्दै तोकिएको मापदण्डभन्दा न्यून गुणस्तर उपभोक्तालाई झुक्याएर फरक खाद्य वस्तु विक्री गर्नेलाई पाँच वर्षसम्म जेल सजाय र ५० हजार रुपैयाँ वा दुवै सजायको व्यवस्था गरिएको छ। 

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले ऐनको दण्ड, सजायसम्बन्धी व्यवस्था संशोधन गरी गलत नियत राखेर व्यवसाय सञ्चालन गर्नेलाई कडा कारबाही गर्न लागिएको बताए। 

 

‘उपभोक्ताको जिउ धन र स्वास्थ्यमा खेलबाड गर्ने खाद्य पदार्थ उत्पादक र वितरकसमेतलाई कडा कारबाही गर्नुपर्छ भन्ने आवाज उठेकोधेरै भयो’, उनले भने, ‘२०२३ सालमा बनेको खाद्य ऐनले सजायसम्बन्धी व्यवस्था पुरानो भएको कारण संशोधन गरी नयाँ व्यवस्था गर्न लागिएको हो।’ 

 

संशोधनअघि न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन, वितरण, निकासी, पैठारी गर्नेलाई पाँच हजार रुपैयाँसम्म जरिवाना र छ महिनादेखि एक वर्ष जेल वा दुवै सजाय हुनने व्यवस्था छ। याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।
 

खाद्यान्न मिसावट

विशेष