अपराध सुरक्षा

कांग्रेस नेता गणेश लामा जेल चलान

कांग्रेस नेता गणेश लामा जेल चलान

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । 

 

लामा माथि भएको थुनछेकको बहसपछि  हातहतियार तथा खरखजाना मुद्दामा लामालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी  केदारनाथ शर्माले पुपक्षका लागि जेल पठाउने  आदेश दिएका हुन् । 


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार  लामाविरुद्ध सकिएको थुनछेकको बहसपछि प्रजिअले सो आदेश दिएका हुन् । उनलाई आदेशसँगै  डिल्लीबजार कारागार पठाइएको छ । 


गत फागुन ३० गते लामा काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो । उनको साथबाट पेस्तोल र ६ राउण्ड गोली बरामद भएको थियो ।  

गणेश लामा

विशेष