अर्थ शेयर

०.६४ प्रतिशत घट्यो नेप्से (२ बजेको अपडेट)

०.६४ प्रतिशत घट्यो नेप्से (२ बजेको अपडेट)

काठमाडौं । मङ्गलवार नेप्से परिसूचक कारोबार भएको तेस्रो घण्टाको अवधिमा शून्य दशमलव ६४ प्रतिशत घटेको छ ।

 

८ दशमलव २७ अङ्क घटेर परिसूचक १ हजार २ सय ७९ दशमलव ५१ विन्दुमा पुगेको छ ।

 

कारोबार भएका ९ समूहको परिसूचकमा होटल र ‘अन्य’ समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ ।

 

१ सय ५३ कम्पनीको रू. २३ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ ।

 

बुटवल पावर कम्पनीको रू. १ करोड ७ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ ।

नेप्से कारोबार परिसूचक

विशेष