अपराध सुरक्षा प्रदेश ५

व्यापारीलाई कुटपिट गरी दुई लाख चोरी

व्यापारीलाई कुटपिट गरी दुई लाख चोरी

कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ८ दोहनी चोकमा रहेको नवदुर्गा हार्डवयर पसलका मालिकलाई घर जाने क्रममा गए राति अज्ञात समुहले कुटपिट गरी उनको साथबाट नगद सहित सामग्री लुटेर लगेको छ ।

 

मायाँदेवी गाउपालिका–७ हरनामपुर घर भई हाल दोहनी चोकमा पसल गर्दै आएका ३० वर्षीय रजक चौधरी राति आठ बजे पसल बन्द गरी लु ३० प ७४५ नंको मोटरसाईकलमा घर जाने क्रममा कपिलवस्तु नगरपालिका–७ सेरहीमा लुटिएका हुन् ।

 

बिपरीत दिशाबाट आएको भारतीय नम्बरको मोटरसाईकल(हिरो होण्डा)मा सवार मुखमा माक्स लगाएका दुई जनाको समुहले उनलाई रोकी कुटपिट गरी उनको साथमा रहेको नगद  दुई लाख र २ वटा मोबाईल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

कुटपिट गरी नगदसहित सामाग्री लुटेर उनिहरु दक्षिण तर्फ भागेको पिडित चौधरीले बताए  । उनिहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते भएका चौधरीको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

कपिलवस्तु कुटपिट चोरी व्यापारी

विशेष