अपराध सुरक्षा समाज

परिमाणमुखी काम गर्छुः प्रहरी महानिरीक्षक खनाल

परिमाणमुखी काम गर्छुः प्रहरी महानिरीक्षक खनाल

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजको अपेक्षा अनुसार प्रहरी सेवालाई प्रवाह गरिने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै नवनियुक्त महानिरीक्षक खनालले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै परिमाणमुखी अनुसन्धान गर्न निर्देशन दिए।

 

सरकारले चैत २७ गते प्रहरी महानिरीक्षकमा खनालको नाममा निर्णय गरेको थियो। लगत्तै प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमकाबीच गृहसचिव प्रेमकुमार राईले खनाललाई आइजिपीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

 

सोही समारोहलाई सम्बोधन गर्दै आइजिपी खनालले आपराधिक क्रियाकलापमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिए। 

 

उनले प्रहरी संगठनभित्रका आन्तरिक सुदृढीकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको वृत्ति विकास तथा सेवा सुविधा आफ्नो प्राथमिकताको विषय रहेको बताउँदै प्रहरीको मनोबल उच्च राख्न सदैव दृढ भएर लाग्ने बताए।

 

आइजिपी खनालले पेशागत आचारणविपरीत कार्य गर्ने एवं भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई कारबाही गरिने समेत बताए।  

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक प्रहरी सेवा

विशेष