अर्थ

पचास लाख सहित दुई पक्राउ

पचास लाख सहित दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ। बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायाे। 

 

भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारत दुवै देशमा चलाउन प्रतिबन्ध छ। महानगरीय प्रहरी परिसर काठमाडौंले दुई दिनअघि उक्त परिमाणको भारतीय रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।  

 

भारतमा समेत प्रतिबन्धित हजार र पाँच सय दरका नोट कसरी र कुन प्रयोजनका लागि नेपाल ल्याइएको हो भन्ने विषयमा परिसरले अनुसन्धान गरिरहेको छ। 

 

परिसरले बुधबार रातिसम्म अनुसन्धान सिध्याएर ती नोटसहित समातिएका दुईजनालाई बिहीबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।
 

बरामद भारतीय रुपैयाँँ

विशेष