अपराध सुरक्षा स्वास्थ्य

कैदी-थुनुवा धेरै भएपछि बसाइमा अप्ठ्यारो, बिरामी हुने क्रम बढ्यो

कैदी-थुनुवा धेरै भएपछि बसाइमा अप्ठ्यारो, बिरामी हुने क्रम बढ्यो

बर्दिवास । महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी-थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । गर्मी बढेसँगै कारागारका कैदी-थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो ।

 

श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ । कारागारले थेग्नै नसक्ने गरी कैदी-थुनुवालाई यहाँ न्यायिक निकायले पठाइ दिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन मिलाउन गा¥हो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ । 

 

अहिले दिनहूँ नियमित उपचार लिनेकोे सङ्ख्या १२५ को हाराहारीमा रहेको कारागार प्रमुखसमेत रहनुभएका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुरले बताए । एक सय ३५ जना क्षमता भएको सो कारागारमा अहिले झण्डै चौब्बर सङ्ख्याका कैदी- थुनुवा भएपछि बसाइ कै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाइ छ । 

 

कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा पाँच आश्रित बालबालिकासहित ५५ र पुरुष कक्षमा ४१५ जना गरी कुल ४७० कैदी-थुनुवा छन् । 

कैदी-थुनुवा बिरामी

विशेष