फोटो

सांसदकी छोरी श्रृङ्खला खतिवडा भइन् मिस नेपाल

सांसदकी छोरी श्रृङ्खला खतिवडा भइन् मिस नेपाल

काठमाडौं । यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी  श्रृङ्खला खतिवडा भएकी  छिन् । 


बुधबार राति सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले मिस नेपालको ताज पहिरन सफल भएकी हुन् ।   

 


मिस नेपाल २०१८ को प्रतिस्पर्धामा शृंखला खतिवडा नम्बरको हिसाबले अन्तिम प्रतिस्पर्धी थिइन् । २५ जना प्रतिस्पर्धीमध्ये शृंखलाको रोल सबैभन्दा अन्तिममा आउँथ्यो । 

 


तर बुधबार राति अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपाल प्रतियोगितामा शृंखला बाँकी २४ जनालाई पछाडि पार्दै पहिलो भइन् र मिस नेपालको ताज पहिरिन सफल भइन् । 

 


खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

 


यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेका छन् । 


२२ बर्षीया शृंखलाले मिस नेपालको मुख्य उपाधिसँगै उत्कृष्ट कपाल र उत्कृष्ट फेसन विधामा पनि पुरस्कार हात पारेकी छिन् । 

मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडा ताज पहिरन

विशेष