प्रदेश १

प्रदेश १ मा सात विषयगत समिति गठन

प्रदेश १ मा सात विषयगत समिति गठन

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकले प्रदेशसभा सञ्चालन नियमावली अनुसार सात वटा संसदीय समिति गठन गरेको छ।  

 

बुधबार बसेको बैठकले नियमावली अनुसारका संसदीय समितिहरुमा गठन गरेको हो। बैठकले न्याय, प्रशासन तथा बिधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति र सार्वजनिक लेखा समिति गठन गरेको छ।

 

यस्तै, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गठन गरेको छ। प्रदेश सरकारका मन्त्रीहरु र सभामुख तथा उपसभामुखबाहेक सबै सांसद संसदीय समितिमा रहेका छन्। 
 

प्रदेश १

विशेष