अपराध सुरक्षा

४९ लाखसहित दुई जना पक्राउ

४९ लाखसहित दुई जना पक्राउ

काठमाडाैं । प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलाबाट भारतमा प्रतिबन्धित ५ सय र १ हजार रुपैयाँ दरको ४९ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले मोरङको कटहरी गाउँपालिका ३ का ५३ वर्षीय सुनिलदेव वैश्य र नुवाकोट शिवपुरी गाउँपालिका ५ का ५० वर्षीय चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो ।

 

उनीहरुलाई एक हजार दरका २२ सय ६ थान र ५ सय दरका ५ हजार ४ सय ५१ वटा नोटसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

 

सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम सङ्कलन गरेर काठमाडौंसम्म ल्याउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले छापा मारेको थियो ।

 

 

पक्राउ महानगरीय प्रहरी

विशेष