अपराध सुरक्षा

३३ किलो सुन प्रकरणमा पक्राउ परेका नेवानि कर्मचारीद्वारा हिरासतमै आत्महत्या

३३ किलो सुन प्रकरणमा पक्राउ परेका नेवानि कर्मचारीद्वारा हिरासतमै आत्महत्या

काठमाडाैं । ३३ किलो सुन प्रकरणमा जोडिएर पक्राउ परेका मध्ये एकले शुक्रबार अात्महत्या गरेका छन् । सुन प्रकरणमा पक्राउ परेका प्रेमराज चौधरीले सिंहदरबार प्रहरी वृत्तमा आत्महत्या गरेका हुन् । प्रहरी स्रोतका अनुसार उनी शुक्रबार बिहानै ट्वाइलेटमा मृत अवस्थामा फेला परेका थिए । 

 

उनले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । उनले आफैंले लगाएको ट्रयाक–सुटले घाँटी बेरर पासो लगाई आत्महत्या गरेको बताइएको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी मोहन थापाले घटनाको पुष्टि गरेका छन् । 

 

गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले बिहीबार चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनी नेपाल वायु सेवा निगममा कार्यरत कर्मचारी रहेको प्रहरी स्रोतले बताएको छ । उनलाई बिहीबार गृह मन्त्रालयको टोलीले सिंहदरबार प्रहरी वृत्तमा पठाएको थियो ।

 

गएको माघ ७ मा काठमाडौं भित्रिएको साढे ३३ किलो सुन गायब भएको थियो । यस अघि सुन प्रकरणसँगै जाेडिएका सनम शाक्यकाे हत्या भएकाे थियाे । प्रहरीले शाक्यको शव विराटनगरबाट बरामद गरेको थियो ।

 

सुन प्रकरणमा अहिलेसम्म आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्यसहित १९ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणमै प्रहरी संग्लनताको आशंका गर्दै महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीसहितका उच्च प्रहरी अधिकारी पनि शंकाको घेरामा छन् ।

गृह मन्त्रालय ३३ किलाे सुन

विशेष