साहित्य आज

 कविता: जीवन दर्शन

दिपेन्द्र चन्द ठकुरी 

 कविता: जीवन दर्शन

हामी मिठा-मिठा किताबहरू पढ्दछौ र
अनी तितो-तितो अनुभव गर्दछौ 
यसैकारण निरास निरास देखिन्छौ
जीवन मकै जस्तै जाँतोमा पिसीनुपर्दछ 
जीवन धान जस्तै ढिकिमा कुटीनुपर्दछ
जीवन बाट टुसा भुसा निफ्ननु पर्दछ 
टमाटर पुदीना धनीया जस्तै पिसीनुपर्दछ 
नुन खुर्सानी तोरीको तेल र छुर्पी पानुपर्दछ
अनि गुन्द्रुक जस्तै साँधीएर स्वादिलो हुनुपर्दछ 
अनी पो जिवन यौटा साधन झै लाग्छ त 
अनी पो जिवन यौटा अनुभव झै लाग्छ त 
अनी पो जिवन यौटा कसौटी झै लाग्छ त
हामी मेकेले पढ्दछौ र सत्यनास हुदैछौ 
हामी पश्चिमी नकल गर्दछौ र अलन्तरमा पर्दछौ
हामी आडम्बर गर्न तमसन्छौ र दुषासन बन्दछौ
गौतम बुद्ध पढौ महात्मा गान्धी र डा।मण्डेला पढौ
सिङ्गो नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाह को इतिहास पढौ
अनी पो जिवन सिसा झै चम्किलो भएर चम्किनछ त
पहीला जिवन कठीन ल्ग्नुपर्दछ संघर्षमय 
मध्यम जिवन परिश्रमी हुनुपर्दछ धाराप्रवाह
अनी पो बिसंगतीदेखी माथी उठेर फुल्न सकीन्छ त 
जीवनलाई भगवान को वरदान सम्झने गरौ हामी 
जीवनलाई कहिले पनी हेला नगरौ पटक्कै हामी 
जीवनलाई माझौ पाईन् हालौ अनी चम्काऔ

साहित्य

विशेष