Technology अर्थ

नबिल इन्भेष्टमेन्टको मोबाइल एप सार्वजनिक, यस्ता छन् सुविधा

नबिल इन्भेष्टमेन्टको मोबाइल एप सार्वजनिक, यस्ता छन् सुविधा

काठमाडाैं । नेपालको लगानी क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले ‘नबिल इन्भेष्ट एप’ सार्वजनिक गरेको छ ।

 

यस मोबाइल एपबाट नबिल इन्भेष्टमेन्टको डि- म्याट खाता, पोर्टफाेलियो म्यानेजमेन्ट सर्भिस् (पिएमएस), सामुहिक लगानी कोष, शेयर बाँडफाँड, शेयर बजार, तथा समसामायिक सुचनाहरु जहाँबाट पनि सजिलै प्राप्त गर्न सकिन्छ ।

 

मोबाइल ए्याप् सेवामार्फत ग्राहकहरुले आफ्नो डि- म्याट खाता तथा पिमएसको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्ने छन् । 

 

बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले समयको प्रवाहसँगै आगामी दिनहरुमा चाँडै यस ए्याप्मार्फत नै डि-म्याट खाता खोल्न र अनलाइन वलि भुक्तानीको सुविधाहरू चाँडै संचालन गर्ने जानकारी दिए ।  

 

उक्त ए्याप् गुगलबाट डाउन्लोड गर्न सकिने छ । साथै आइओएसमा पनि चाडै उपलब्ध हुनेछ । 


 

नबिल इन्भेष्टमेन्ट मोबाइल एप

विशेष