अपराध सुरक्षा समाज

आचरण सुधार्न प्रहरीलाई आईजिपीको निर्देशन

आचरण सुधार्न प्रहरीलाई आईजिपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आचरण र व्यवहार सुधार गर्न निर्देशन दिएका छन्। सर्वसाधरणसँग व्यवहार उत्कृष्ट प्रदर्शन गर्नुपर्नेमा जोड दिदै कमीकमजोरीलाई सुधार्दै लैजान निर्देशन दिएका हुन्। 

 

आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उपत्यकास्थित प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले  मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारीहरुले निर्भिक र निडर भई काम गर्न निर्देशन दिए। 

 

  इमानदारिताका साथ काम गरी उत्कृष्ठ कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले नयाँ वर्षसँगै नयाँ जोश र उमङ्गकासाथ काम गरी तत्काल नतिजा देखाउनुपर्नेमा जोड दिए। 


  नागरिकलाई सेवा प्रवाह गर्ने क्रममा प्रहरी आचरण र व्यवहार उत्कृष्ट प्रदर्शन गर्नुपर्ने तथा कमीकमजोरीलाई सुधार्दै जानुपर्ने उनले बताए। 

 

    राज्यले सुम्पेको गहन जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने चुनौती र बाधा अड्चनको सामना गर्दै संगठनको छविलाई थप उचाईमा लैजान प्रहरी कर्मचारीहरुमा अझै मिहिनेत र लगनको आवश्यकता रहेको उनको भनाई थियो।  

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक लागूऔषध गुण्डागर्दी  मानव बेचबिखन

विशेष