साहित्य आज

मेरी आमा : तिम्रो धेरै याद आउँछ

मेरी आमा : तिम्रो धेरै याद आउँछ

मेरी आमा !  ?‍?
तिम्रो धेरै याद आउँछ

 

मेरो बिहान सबेरै हुन्छ 
र रात हुँदा अर्को दिन सुरु हुन्छ  
तब तिम्रो याद बेस्सरी आउँछ आमा 

 

जब घरमा कोही बिरामी पर्छन् 
सबैलाई सकेको उपचार र तातोपानी दिन्छु आमा 


तर जब म आफैं बिरामी पर्दा सकिनसकी दबाई खान्छु 
तब त्यति बेला तिम्रो याद आउँछ आमा

 

सकेको तातो खाना सबैलाई पस्किन्छु आमा 
र चिसो सेलाएको खाना जब आफैंलाई पस्किन्छु 
तब तिम्रो धेरै धेरै याद आउँछ आमा

 

घरमा सबैको जरुरत पूरा गर्दागर्दै 
आफ्ना खुसी र चाहना मनमै मार्नु पर्दा 
मलाई तिम्रो धेरै याद आउँछ आमा

 

हरेक रात छोराछोरीलाई सिरक ओढाइदिन्छु 
तर आफूलाई ओढ्ने र ओढाइदिने कोही हुन्नन् 
तब मलाई तिम्रो धेरै याद आउँछ आमा
सधैं तिम्रो याद आउँछ आमा !

जुनु राना 
हाल हङकङ

मेरी आमा

विशेष