अर्थ

भेरी–बबई डाईभर्सन निर्माण कार्य तीब्र, २ वर्षभित्र सकिने अनुमान

भेरी–बबई डाईभर्सन निर्माण कार्य तीब्र, २ वर्षभित्र सकिने अनुमान

सुर्खेत । निर्माणाधीन राष्ट्रिय गौरवको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्ग खन्ने कार्य झण्डै दुई वर्षभित्र सम्पन्न हुने संकेत देखिएको छ । हालकै गतिमा कुनै समस्या नआए अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम)ले आगामि २ वर्षभित्र सकिने आयोजनाले जनाएको छ । 

 

हाल आयोजनाको काम तिव्रगतिमा भईरहेकाले २ वर्ष भित्र सकिने आयोजना प्रमुख शिवकुमार बस्नेतले जानकारी दिए । गत कार्तिक महिनाको पहिलो साताबाट चालक रहित टनेल बोरिङ्ग मेसिन(टीवीएम) ले दैनिक २५ मिटर सुरुङ खनिरहेको छ । करिव ६ महिनाको अवधिमा साढे ३ हजार मिटर सुरुङ्ग खनेको प्रमुख बस्नेतले जानकारी दिए । 

 


नेपालमै पहिलोपटक प्रयोग गरिएको टीवीएम मेसिनले द्रुत गतिमा खनेको भन्दै अव अहिले सम्म कुनै कठिनाई नभएको उनको भनाई छ । पहिलो चरण सुरुङ्ग खन्ने काम धमाधम भईरहेको भन्दै अव झण्डै ९ किलोमिटर बढि सुरुङ्ग खन्न बाँकी रहेको बताए । आयोजनाको जम्मा १२ किलोमिटर सुरुङ खन्ने लक्ष्य छ । 

सुर्खेत भेरी–बबई

विशेष