अर्थ शेयर

सेयर बजारमा दिनानुदिन हरियाली, नेप्से २५.३० अंकले बृद्धि हुँदा झण्डै सवा अर्बको कारोबार

सेयर बजारमा दिनानुदिन हरियाली, नेप्से २५.३० अंकले बृद्धि हुँदा झण्डै सवा अर्बको कारोबार

सेयर बजार उकालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । नयाँ वर्ष २०७५ शुरु भएसँगै बढ्न थालेको सेयर बजार साताको अन्तिम कारोबारको दिन पनि बढेर बन्द भएको छ । 

 

यसदिन नेप्से परिसुचक  २५.३० अंकले बढेर बन्द भएको हो । १.८६ प्रतिशतले बढेको बजार १३८८.३१ बिन्दुमा पुगेर रोकिएको छ । १६८ कम्पनी सामेल भएको आजको बजारमा १ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

 बिहिबार ट्रेडिङ समुह (—२.२)बाहेक सबै समुहमा हरियाली छ । यस दिन सबैभन्दा बढी बिमा समुह ५१.२३ अंकले बढेको छ । जलविद्युत समुह ४४.८७ अंकले बढेको छ भने अन्य समुहमा २९.६६ अंकको बृद्धि भएको छ । यता बैकिङ समुह २४.५१ अंकले बढेको छ । आज सबैभन्दा बढी चिलिमे जलविद्युत कमपनीको ४ करोड २१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने दोस्रो बढी कारोबार हुनेमा नेपाल बैंकको ३ करोड ९८ लाख रुपैयाँ भन्दा बढी छ । 

 

सानिमा माइ हाइड्रोपावरको ३ करोड ५३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  
 

सेयर बजार कारोबार

विशेष