फेसबुके प्रेमीद्धारा बन्धक बनाई बलात्कार !
काठमाडौ । दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीया तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन् ।
फाेन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसर्र्पामा तिवारीसाग प्रत्यक्ष भेट भयो ।
फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यहि राति उनीहरु भागेर सुर्खेत अाइपुगे । १० दिन सुर्खेत र नेपालगन्जका होटलमा बिताएपछि भारतको जुजरात पुगे ।
तिवारीले युवतीसँग चिनजान हुँदै आफु भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए । गुजरात पुग्दासम्म तिवारीस्ँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन ।
जब युती गुजरात पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । गुजरात पुर्याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो ।
होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो, युवतीले भनिन्, चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।
युवतीका अनुसार दैनिक तीनदेखि छजनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे । भाषा बुझिन्थ्यो । युवतीको चित्कार आनेहरुले सुन्दैनन्थे ।, याे खबर आजको नागरिक दैनिकमा छ ।
बलात्कार फेसबुके प्रेमी